FAQsCalendarPhoto GalleryLocation Map
 
Home
मेशिन रिडेवल पासर्पोट (MRP) PDF Print E-mail
Sunday, 06 November 2011 04:05

तपार्इको साधारण राहदानीको म्याद सकिन ६ महिना भन्दा कम वाँकी रहेमा वा सम्पूर्ण पानाहरू प्रयोग भर्इ सकेको भएमा वा झुत्रो भर्इ प्रयोग गर्न नसकिने भएमा वा हराएमा तल लेखिए वमोजिमका कागजातहरू लिएर निवेदक स्वयं यस राजदूतावास, अवुधावीमा सम्पर्क राख्नुहोला ।

Please be advised to bring the following documents to apply for a Machine Readable Passport only if the validity of your passport is less than six months or all the pages in your passport have already been used up or the passport is damaged or lost:

Read more...
 
अधिकृत वारेसनामा (Power of Attorney) PDF Print E-mail
Sunday, 20 November 2011 09:59

विभिन्न काम व्यवसायको सिलसिलामा युएईमा कार्यरत रहनु भएका नेपाली नागरिकहरुले आफ्नो सम्पूर्ण हक छाडी घर जग्गा वा अन्य अचल सम्पत्ति वेचविखन गर्ने वा सम्बन्ध विच्छेद गर्नको लागि यस राजदूतावासवाट मुलुकी ऐन अदालती वन्दोवस्तको ७१ (ख) नं. वमोजिम अधिकृत वारेसनामा प्रमाणित गराउन आउँदा तल लेखिए वमोजिमका कागजातहरु र प्रकृया पूरा गर्नुपर्ने व्यहोरा जानकारीको लागि सूचित गरिन्छः

Read more...
 
क्षतिपूर्ति (Compensation) PDF Print E-mail
Wednesday, 16 November 2011 15:06

रोजगारीका सिलसिलामा संयुक्त अरब र्इमिरेट्सका विभिन्न कम्पनीहरूमा कार्यरत नेपाली नागरिकहरूको दुर्घटनामा मृत्यु भएमा मृतकका कानूनी हकदारले क्षतिपूर्ति लगायतका रकमको लागि आवेदन गर्दा तल दिर्इए वमोजिमको प्रकृया र कागजातहरू आवश्यक हुने व्यहोरा जानकारी गरार्इन्छ ।

Read more...
 
Group Recruitments PDF Print E-mail
Monday, 14 November 2011 07:45

If you are planning to recruit Nepalese nationals in groups, please be advised to go through the following list of requirements in order to prepare your Demand Letter. It is strongly recommended to put these documents in the order given so as to expedite the process:

Read more...
 
Individual Recruitments PDF Print E-mail
Monday, 14 November 2011 07:45

If you are planning to recruit Nepalese nationals on individual visas, please be advised to go through the following list of requirements in order to prepare your documents:

Read more...
 
Domestic Workers (Housemaid/Baby-Sitter/Servant etc.) PDF Print E-mail
Monday, 14 November 2011 07:46

If you are planning to recruit a female domestic worker (housemaid/baby-sitter/servant/nanny etc.) from Nepal, please be advised to bring the following documents to the Embassy:

Read more...
 
AE - Time
NP - Time

अत्यन्त जरूरी सूचना

संयुक्त अरब र्इमिरेट्स (यू.ए.ई.) मा भ्रमण वा रोजगारीको लागि आउने सवै विदेशी नागरिकहरुले आफ्नो साथमा तल उल्लेख भए बमोजिमका वस्तुहरू ल्याउन निषेधित छ । कुनै पनि प्रकारको लागू औषधिको कारोवार गर्नेहरुलाई यू.ए.र्इ.मा कडा सजाय हुनसक्ने कानूनी व्यवस्था रहेको छ । तर केही नेपालीहरुले अज्ञानतावस निजी प्रयोगका लागि यू.ए.ई. मा विभिन्न प्रकारका निषेधित वस्तुहरु र स्थानीय स्तरमा मात्र उत्पादन र विक्री वितरण हुने गरेका औषधि वा अन्य सामान साथमा ल्याएको कारण लामो समयसम्म छानविनको दायरामा रहनु परेको र थुना वा कैद सजाय समेत भोग्नु परेको व्यहोरा राजदूतावासको जानकारीमा आएको हुँदा तल उल्लिखित कुनै पनि वस्तुहरु नल्याउनु वा नपठाउनु हुन तथा पूर्व जानकारी दिएर मात्र ल्याउन वा लैजान पार्इने वस्तुहरूको हकमा सो वमोजिम गर्नु हुन सम्बन्धित सवैको जानकारीको लागि यो सूचना गरिएको छः

बाँकी पढनुहोस 

राजदूतावासको अनुरोध

दुर्घटना र प्राकृतिक कारणले प्रत्येक वर्ष यू.ए.ई. मा मृत्यु हुने नेपालीहरुको संख्या बढ्दै गएको अवस्था प्रति नेपाली राजदूतावास, अवुधावी अत्यन्तै चिन्तित छ । गत वर्ष (सन् २०१०) मात्र मृत्यु हुनेको संख्या ८८ रहेकोमा यस राजदूतावासवाट मृत्युका सम्भावनाहरूवाट वच्न अपनाउनु पर्ने उपायहरूका वारेमा जानकारीहरू गराउँदा गराउँदै यस वर्ष (सन् २०११) पनि दुर्घटना र प्राकृतिक कारणबाट मृत्यु हुनेको संख्यामा खासै कमी हुने संकेत देखिएको छैन । सडक पार गर्दा स्थान र सवारी साधनप्रति ध्यान नदिनु, काम गर्ने ठाउंमा विद्धमान खतराहरूका वारेमा सजग नहुनु र प्राकृतिक मृत्युका सम्बन्धमा यहाँको मौसम सुहाउदो जीवन शैली नअपनाउनु प्रमुख कारणहरू रहेको देखिन्छ । अतः तल दिर्इएका उपायहरूमा ध्यान पु-याउनुहुन सम्बन्धित सवैमा राजदूतावास अनुरोध गर्दछः

बाँकी पढनुहोस

Nepal Tourism Year