FAQsCalendarPhoto GalleryLocation Map
 
Home
छूट राहदानी प्राप्त हुन आए वारेको सूचना PDF Print E-mail
Thursday, 09 May 2013 14:29

विभिन्न मितिमा राहदानीको लागि आवेदन गर्नुहुने मध्ये विभिन्न कारणले समयमा राहदानी तयार हुन नसकेका निम्नलिखित आवेदकहरूको राहदानीहरूतयार भर्इ यस राजदूतावासमा प्राप्त हुन आएका हुंदा  सार्वजनिक विदाका दिनहरूमा वाहेक आइतवारदेखि विहीवारसम्म दिउंसो २ बजे देखि ४ बजे भित्र पुरानो राहदानी र अस्थायी राहदानी लिएको भए सो समेत एवं दस्तूर बुझाएको सक्कलै रसिद लिएर निवेदक आफै राजदूतावासमा आउनु हुनसम्बन्धित सवैलार्इ सूचना गरिएको छ। राहदानी तयार हुने क्रममा रहेका विभिन्न चार जना आवेदकहरूको नाम समेत यसैसाथ सूचिमा उल्लेख छ । प्राप्त हुन आएपछि जानकारी गराइने छ । विविध कारणले सयममा राहदानी प्राप्त हुन नआएका अन्य आवेदकहरूका राहदानीहरू पनि प्राप्त हुन आएपछि यसै वेवसाइटबाट जानकारी गराइने व्यहोरा समेत सम्बिन्धत सवैको जानकारीको लागि सूचना गरिएको छ ।

Read more...
 
जनवरी ११ देखि फेब्रुअरी २१, २०१३ सम्म राहदानीका लागि आवेदन गरेका आवेदकहरूको राहदानी प्राप्त भएको सूचना! PDF Print E-mail
Monday, 08 April 2013 18:44

फेब्रुअरी २१, २०१३ सम्म MRP को लागि  राजदूतावासमा आवेदन गरेका (विभिन्न कारणले राहदानी तयार हुन नसकेका सूची नं. ३ वमोजिमका आवेदकहरू वाहेक) निम्न वमोजिमका आवेदकहरूको राहदानी प्राप्त भएको व्यहोरा सम्बन्धित सबैलार्इ जानकारी गरार्इएको छ । नयाँ राहदानी लिन आउँदा अनिवार्य रूपमा पुरानो राहदानी (सक्कल) र दस्तूर बुझाएको रसीद (सक्कल) लिएर निवेदक आफै शुक्रवार, शनिवार र सार्वजनिक विदाका दिनहरू वाहेक अन्य दिनहरूमा दिउसो ०२ देखि ०४ वजे बीचमा मात्र यस राजदूतावासमा सम्पर्क राख्नुहोला । विभिन्न कारणले राहदानी वन्न नसकेका सूची नं. ३ वमोजिमका आवेदकहरूले समेत राजदूतावासमा शीघ्र सम्पर्क राख्नु हुन सूचित गरिएको छ ।

Read more...
 
जनवरी १०, २०१३ (२०६९ पौष २६) सम्म MRP को लागि राजदूतावासमा आवेदन गरेका आवेदकहरूको राहदानी प्राप्त भएको जानकारी!!! PDF Print E-mail
Sunday, 03 March 2013 15:49

जनवरी १०, २०१३ (२०६९ पौष २६) सम्म MRP को लागि  राजदूतावासमा आवेदन गरेका (श्री कपिल बखती, काठमाण्डौं; श्री पुजन श्रेष्ठ,  झापा; श्री बालराम अधिकारी, कास्की; श्री तिल बहादुर राना, स्याङजा; श्री इन्द्र प्रसाद फुयाल, झापा; श्री संजित कुमार गौतम, मोरङ; श्री एम.डि. कमरुल मियाँ, मोरङ; श्री सालिक राम घिमिरे, नवलपरासी; श्री सोवित कमार धिमाल, काठमाण्डौं; श्री लालबहादुर गुरुङ, लम्जुङ; श्री सन्तोष थापा मगर, सुनसरी र श्री धनबहादुर कवर, गोर्खा वाहेक) निम्न वमोजिमका आवेदकहरूको राहदानी प्राप्त भएको व्यहोरा सम्बन्धित सबैलार्इ जानकारी गरार्इएको छ । नयाँ राहदानी लिन आउँदा अनिवार्य रूपमा पुरानो राहदानी (सक्कल)दस्तूर बुझाएको रसीद (सक्कल) लिएर निवेदक आफै शुक्रवार, शनिवार र सार्वजनिक विदाका दिनहरू वाहेक अन्य दिनहरूमा दिउसो ०२ देखि ०४ वजे बीचमा मात्र यस राजदूतावासमा सम्पर्क राख्नुहोला । विभिन्न कारणले राहदानी वन्न नसकेका उपर्युक्त १२ जनाले समेत राजदूतावासमा शीघ्र सम्पर्क राख्नु हुन सूचित गरिएको छ ।

Read more...
 
सूचना!!! PDF Print E-mail
Thursday, 18 October 2012 14:08

पर्यटकीय वा अन्य विभिन्न काम विशेषका सिलसिलामा भिजिट वा टुरिस्ट भिषामा संयुक्त अरब र्इमिरेट्सको भ्रमण गर्न चाहाने नेपाली नागरिकहरूले आफू नेपाल अध्यागमनवाट यस तर्फ उडान गर्न पाउने कुराको पूर्ण प्रत्याभूति नभर्इ युएर्इको भिषा निकाल्ने, होटल वुक गर्ने र एअरवेजको टिकट खरिद गर्ने लगायतका कामहरू नगर्नु नगराउनु हुन नेपाली राजदूतावास सम्बन्धित सबैमा अनुरोध गर्दछ।

नेपाली राजदूतावास
अवुधावी, संयुक्त अरब र्इमिरेट्स
मंशिर २४, २०६९

 
राजदूतावास खुला रहने सूचना!!! PDF Print E-mail
Sunday, 22 April 2012 11:25

अन्य दिनहरूमा छुट्टी नपाएको कारण राजदूतावासवाट कागजात लिने वा प्रमाणित गराउन नपाउनु भएका नेपाली दाजुभार्इ दिदीवहिनीहरूको हितलार्इ ध्यानमा राखी अगस्ट २०१२ देखि लागु हुनेगरी हरेक अंग्रेजी महिनाको पहिलो शुक्रवारका दिन विहान १० देखि ०१:३० वजे सम्म राजदूतावास खुला रहने व्यहोरा सम्बन्धित सवैको जानकारीका लागि सूचना गरिएको छ ।

नेपालीराजदूतावास
अवुधावी, संयुक्त अरब र्इमिरेट्स
आषाढ २८, २०६९

 
परिवारका सदस्यलार्इ युएर्इ वोलाउन राजदूतावासको सिफारिश माग गर्दा चाहिने कागजातहरू PDF Print E-mail
Thursday, 09 August 2012 10:15

संयुक्त अरब र्इमिरेट्समा काम गर्ने/वसोवास गर्ने नेपाली नागरिकले आफ्नो परिवारका सदस्य (पती, पत्नी, वुवाआमा र छोराछोरी) लार्इ Residence Visa/Visit Visa मा युएर्इ वोलाउन राजदूतावासको सिफारिश माग गर्दा निम्न कागजातहरू संलग्न गरी निवेदन पेश गर्नुपर्ने व्यहोरा जानकारी गराइएको छः

  1. निवेदकको राहदानी र भिषाको प्रतिलिपिहरू
  2. निवेदकको आफन्तको राहदानी र भिषाको प्रतिलिपि
  3. निवेदकसँगको सम्बन्ध खुल्ने विवाह दर्ता/नाता प्रमाणित/जन्म दर्ता/नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  4. निवेदकले काम गर्ने कम्पनीको पत्र (तलवमान दिरहाम ४०००.०० वा सो भन्दा माथि हुनुपर्ने)
  5. Tenancy Contract को प्रतिलिपि थान १ (आफ्नो नाममा आवास सुविधा नभएको र कम्पनीको आवास सुविधामा वस्ने भएमा कम्पनीको No Objection पत्र आवश्यक)

यस राजदूतावासको आगन्तुक कक्ष/काउन्टरमा उपलव्ध तथा यसै वेवसाइटको Download सेक्सनवाट पनि प्राप्त गर्न सकिने एक निवेदन फाराममा उल्लिखित कागजातहरू संलग्न राखी निवेदन दर्ता गराउनु पर्ने छ । रीतपूर्वक फाराम नभरेको वा आवश्यक कागजातहरू नपुगेको तथा अन्य कुनै समस्या भएको निवेदन उपर कुनै कारवाही गरिने छैन ।

परिवारका सदस्य ल्याउन सिफारिस पत्र दिउंसो ३ बजे पछि मात्र दिन सकिने भएकाले सोका लागि निवेदन गर्न राजदूतावासमा दिउंसो १:३० बजे भन्दा अगाडि आउन आवश्यक नभएको व्यहोरा आगन्तुकहरूको सुविधाको लागि जानकारी गराइएको छ ।

 

नेपाली राजदूतावास

अवुधावी

२०६९/०४/२५

 
AE - Time
NP - Time

अत्यन्त जरूरी सूचना

संयुक्त अरब र्इमिरेट्स (यू.ए.ई.) मा भ्रमण वा रोजगारीको लागि आउने सवै विदेशी नागरिकहरुले आफ्नो साथमा तल उल्लेख भए बमोजिमका वस्तुहरू ल्याउन निषेधित छ । कुनै पनि प्रकारको लागू औषधिको कारोवार गर्नेहरुलाई यू.ए.र्इ.मा कडा सजाय हुनसक्ने कानूनी व्यवस्था रहेको छ । तर केही नेपालीहरुले अज्ञानतावस निजी प्रयोगका लागि यू.ए.ई. मा विभिन्न प्रकारका निषेधित वस्तुहरु र स्थानीय स्तरमा मात्र उत्पादन र विक्री वितरण हुने गरेका औषधि वा अन्य सामान साथमा ल्याएको कारण लामो समयसम्म छानविनको दायरामा रहनु परेको र थुना वा कैद सजाय समेत भोग्नु परेको व्यहोरा राजदूतावासको जानकारीमा आएको हुँदा तल उल्लिखित कुनै पनि वस्तुहरु नल्याउनु वा नपठाउनु हुन तथा पूर्व जानकारी दिएर मात्र ल्याउन वा लैजान पार्इने वस्तुहरूको हकमा सो वमोजिम गर्नु हुन सम्बन्धित सवैको जानकारीको लागि यो सूचना गरिएको छः

बाँकी पढनुहोस 

राजदूतावासको अनुरोध

दुर्घटना र प्राकृतिक कारणले प्रत्येक वर्ष यू.ए.ई. मा मृत्यु हुने नेपालीहरुको संख्या बढ्दै गएको अवस्था प्रति नेपाली राजदूतावास, अवुधावी अत्यन्तै चिन्तित छ । गत वर्ष (सन् २०१०) मात्र मृत्यु हुनेको संख्या ८८ रहेकोमा यस राजदूतावासवाट मृत्युका सम्भावनाहरूवाट वच्न अपनाउनु पर्ने उपायहरूका वारेमा जानकारीहरू गराउँदा गराउँदै यस वर्ष (सन् २०११) पनि दुर्घटना र प्राकृतिक कारणबाट मृत्यु हुनेको संख्यामा खासै कमी हुने संकेत देखिएको छैन । सडक पार गर्दा स्थान र सवारी साधनप्रति ध्यान नदिनु, काम गर्ने ठाउंमा विद्धमान खतराहरूका वारेमा सजग नहुनु र प्राकृतिक मृत्युका सम्बन्धमा यहाँको मौसम सुहाउदो जीवन शैली नअपनाउनु प्रमुख कारणहरू रहेको देखिन्छ । अतः तल दिर्इएका उपायहरूमा ध्यान पु-याउनुहुन सम्बन्धित सवैमा राजदूतावास अनुरोध गर्दछः

बाँकी पढनुहोस

Naturally Nepal