FAQsCalendarPhoto GalleryLocation Map
 
Birth/Marriage Certificate PDF Print E-mail
Sunday, 06 November 2011 04:06

जन्म/विवाह दर्ता प्रमाणपत्रहरू (Birth/Marriage Certificates) को प्रमाणिकरण (attestation) लागि निम्न वमोजिमका कागजातहरू पेश गर्नुहोला ।

  1. एक प्रति पूर्णरूपमा भरिएको प्रमाणीकरण आवेदन फाराम (A completed application form for attestation) Please click here to download
  2. प्रमाणपत्रको अनुवादित सक्कल प्रति (राजदूतावासमा ल्याउनु अगावै स्थानीय निकायवाट नेपालीमा जारी भएको प्रमाणपत्रलार्इ अंग्रेजीमा अनुवाद गरी अनुवाद गर्ने व्यक्ति वा निकायको दस्तखत र छाप लगार्इ परराष्ट्र मन्त्रालयवाट समेत प्रमाणित गराएको हुनपर्ने । उदाहरणको लागि तपार्इको विवाह दर्ता प्रमाणपत्र राजदूतावासवाट प्रमाणीकरण गर्नुपर्ने भएमा सर्वप्रथम तपार्इको गा.वि.स. वा न.पा. वा उ.प.न.पा. वा म.न.पा.वाट नेपालीमा जारी प्रमाणपत्रको कानून किताव व्यवस्था समिति वा नोटरी पव्लिकवाट अनुवाद वा प्रमाणित गरार्इ तत् पश्चात परराष्ट्र मन्त्रालयवाट समेत प्रमाणित भएको हुनुपर्ने छ ।­ प्रमाणपत्र अंग्रेजी भाषा मै जारी भए नेपालको परराष्ट्र मन्त्रालयवाट मात्र प्रमाणित भएको भए पनि मान्य हुनेछ ।) Original copy of the certificate (Please note that the certificate issued in Nepali should be translated/attested by the Law Books Management Committee or the Notary Public and then attested by the Ministry of Foreign Affairs of Nepal before coming to the Embassy for attestation.). If your certificate is issued in English, attestation done by the Ministry of Foreign Affairs of Nepal will be acceptable.
  3. नेपालीमा जारी भएको प्रमाणपत्रको सक्कल वा फोटोकपी (Original or a copy of the certificates issued in Nepali)
  4. उक्त अनुवादित प्रमाणपत्रको एक प्रतिलिपि (A copy of the certificate in English)
  5. प्रमाणीकरण दस्तूर युएर्इ दिरहाम ३०.०० प्रति पृष्ठ (Attestation fee AED 30.00 per page/stamp)
Last Updated on Thursday, 01 December 2011 20:47
 
AE - Time
NP - Time

अत्यन्त जरूरी सूचना

संयुक्त अरब र्इमिरेट्स (यू.ए.ई.) मा भ्रमण वा रोजगारीको लागि आउने सवै विदेशी नागरिकहरुले आफ्नो साथमा तल उल्लेख भए बमोजिमका वस्तुहरू ल्याउन निषेधित छ । कुनै पनि प्रकारको लागू औषधिको कारोवार गर्नेहरुलाई यू.ए.र्इ.मा कडा सजाय हुनसक्ने कानूनी व्यवस्था रहेको छ । तर केही नेपालीहरुले अज्ञानतावस निजी प्रयोगका लागि यू.ए.ई. मा विभिन्न प्रकारका निषेधित वस्तुहरु र स्थानीय स्तरमा मात्र उत्पादन र विक्री वितरण हुने गरेका औषधि वा अन्य सामान साथमा ल्याएको कारण लामो समयसम्म छानविनको दायरामा रहनु परेको र थुना वा कैद सजाय समेत भोग्नु परेको व्यहोरा राजदूतावासको जानकारीमा आएको हुँदा तल उल्लिखित कुनै पनि वस्तुहरु नल्याउनु वा नपठाउनु हुन तथा पूर्व जानकारी दिएर मात्र ल्याउन वा लैजान पार्इने वस्तुहरूको हकमा सो वमोजिम गर्नु हुन सम्बन्धित सवैको जानकारीको लागि यो सूचना गरिएको छः

बाँकी पढनुहोस 

राजदूतावासको अनुरोध

दुर्घटना र प्राकृतिक कारणले प्रत्येक वर्ष यू.ए.ई. मा मृत्यु हुने नेपालीहरुको संख्या बढ्दै गएको अवस्था प्रति नेपाली राजदूतावास, अवुधावी अत्यन्तै चिन्तित छ । गत वर्ष (सन् २०१०) मात्र मृत्यु हुनेको संख्या ८८ रहेकोमा यस राजदूतावासवाट मृत्युका सम्भावनाहरूवाट वच्न अपनाउनु पर्ने उपायहरूका वारेमा जानकारीहरू गराउँदा गराउँदै यस वर्ष (सन् २०११) पनि दुर्घटना र प्राकृतिक कारणबाट मृत्यु हुनेको संख्यामा खासै कमी हुने संकेत देखिएको छैन । सडक पार गर्दा स्थान र सवारी साधनप्रति ध्यान नदिनु, काम गर्ने ठाउंमा विद्धमान खतराहरूका वारेमा सजग नहुनु र प्राकृतिक मृत्युका सम्बन्धमा यहाँको मौसम सुहाउदो जीवन शैली नअपनाउनु प्रमुख कारणहरू रहेको देखिन्छ । अतः तल दिर्इएका उपायहरूमा ध्यान पु-याउनुहुन सम्बन्धित सवैमा राजदूतावास अनुरोध गर्दछः

बाँकी पढनुहोस

Naturally Nepal