FAQsCalendarPhoto GalleryLocation Map
 
Travel Document PDF Print E-mail
Sunday, 06 November 2011 04:05

राजदूतावासवाट यात्रा अनुमतिपत्र प्राप्त गर्नको लागि निम्न वमोजिमका कागजातहरू पेश गर्नुहोला ।

Please submit the following documents to obtain a Travel Document (with the validity of three months) from the Embassy.

१. एक प्रति राहदानी फाराम http://www.dopmofa.gov.np/application-form/index.php वाट download गरेर भर्ने ।

२. म्याद सकिएको वा झुत्रो राहदानी सक्कलै वा हराए/नासिएको अवस्थामा सोको प्रतिलिपि एक (Your Passport or its copy)

३. युएर्इको भिषाको प्रतिलिपि एक (A copy of your UAE visa page)

४. माथि भनिए वमोजिम फारममा टाँसिएका वाहेका अन्य दुर्इ प्रति फोटोहरू । (Two photographs other than the one affixed on the form)

५. दस्तूर १५०.०० दिरहाम (AED 150.00)

ध्यान दिनुपर्ने कुराहरूः Please note:

F फारामहरू भर्दा सवै विवरणहरू स्पष्टसंग भर्नु अनिवार्य छ । तोकिए वमोजिमको फरम्याटमा DOWONLOAD गरेर स्पष्टसंग विवरण भर्नुपर्नेहुन्छ । हस्ताक्षर गर्दा दिर्इएको कोठाभित्र मात्र पर्ने गरी गर्नुहोला । Please download the forms in the given formats and fill them out as clearly as possible. Note that your signature should strictly be inside the given box without touching its borders.

F कागजात पूरा नभएको वा रीतपूर्वक फाराम नभरेको पार्इएमा त्यस्ता निवेदन माथि कुनै कारवाही गरिने छैन । The Embassy will not take any action over incomplete documents and/or documents not prepared as per the guidelines.

F पुरानो राहदानीको म्याद भुक्तान भैसकेको वा हुनै लागेको र नयाँ राहदानी तुरन्तै आवश्यक परेको अवस्थामा अस्थार्इ राहदानीका लागि निवेदन गर्न सकिने छ । तर उक्त अस्थार्इ राहदानीको म्याद भुक्तान नहुँदै नयाँ मेशिन रिडेवल राहदानी लिर्इसक्नु पर्ने छ । Temporary passport will be issued to the applicants having a urgent need of passport. A new MPR should be obtained before such a Temporary Passport expires.

F शुक्रवार, शनिवार र अन्य विदाका दिनहरू वाहेकका हरेक दिन विहान ०९.३० देखि दिउँसो १.०० वजेसम्म निवेदन पेश गर्न सकिने छ । The Consular hours of the Embassy are from 09:30 am to 01:00 pm (from Sunday to Thursday)

F राहदानी सम्बन्धी विस्तृत जानकारी www.dopmofa.gov.np वाट प्राप्त गर्न सकिनेछ । Visit www.dopmofa.gov.np for more information.

Last Updated on Tuesday, 03 February 2015 11:13
 

वि.स. २०७३ सालमा नेपाली राजदूतावास अबुधावी बन्द रहने दिनहरु

(Embassy will remain closed on the following days of 2016-2017 ) >>

राहदानी आवेदकहरुका लागि जानकारी

नेपाली राजदूतावास, अबुधावीबाट एम.अार.पी. काे अावेदन फाराम भरी राहदानी विभागबाट तयार भै अाएका धेरै राहदानीहरू यस दूतावासमा लामाे समयसम्म रहिरहेका छन् । सेवाग्राही समयै राहदानी लिन नअाउदा लामाे समयसम्म रहने यस्ता राहदानीकाे व्यवस्थापन गर्न असजिलाे पर्नै भएकाेले हाम्राे वेवसाइटमा प्रकाशित भएकाे मितिले १ (एक) महिनाभित्र अाफ्नाे राहदानी लैजानुहुन दूतावास अनुराेध गर्दछ । साथै लामाे समयसम्म राहदानी लिन नअाउने सेवाग्राहीकाे एम.अार.पी. राहदानी विभागमै फिर्ता गर्नुपर्ने अवस्था अाउन सक्ने व्यहाेरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ ।   

तपाईंको राहदानी प्राप्त भएको नभएको

 यहाँबाट  खोजि गर्नुहोस >>

Naturally Nepal

राजदूतावासको अनुरोध

दुर्घटना र प्राकृतिक कारणले प्रत्येक वर्ष यू.ए.ई. मा मृत्यु हुने नेपालीहरुकोसंख्या बढ्दै गएको अवस्था प्रति नेपाली राजदूतावास, अवुधावी अत्यन्तै चिन्तित छ । सन् २०१४ मात्र मृत्यु हुनेको संख्या ६३  र २०१५ मा यो संख्या ६४ रहेकोमा यस राजदूतावासवाट मृत्युका सम्भावनाहरूवाट वच्न अपनाउनु पर्ने उपायहरूका वारेमा जानकारीहरू गराउँदा गराउँदै पनि दुर्घटना र प्राकृतिक कारणबाट मृत्यु हुनेको संख्यामा खासै कमी हुने संकेत देखिएको छैन । सडक पार गर्दा स्थान र सवारी साधनप्रति ध्यान नदिनु, काम गर्ने ठाउंमा विद्धमान खतराहरूका वारेमा सजग नहुनु र प्राकृतिक मृत्युका सम्बन्धमा यहाँको मौसम सुहाउदो जीवन शैली नअपनाउनु प्रमुख कारणहरू रहेको देखिन्छ । अतः तल दिर्इएका उपायहरूमा ध्यान पु-याउनुहुन सम्बन्धित सवैमा राजदूतावास अनुरोध गर्दछः

बाँकी पढनुहोस

अत्यन्त जरूरी सूचना

संयुक्त अरब र्इमिरेट्स (यू.ए.ई.) मा भ्रमण वा रोजगारीको लागि आउने सवै विदेशी नागरिकहरुले आफ्नो साथमा तल उल्लेख भए बमोजिमका वस्तुहरू ल्याउन निषेधित छ । कुनै पनि प्रकारको लागू औषधिको कारोवार गर्नेहरुलाई यू.ए.र्इ.मा कडा सजाय हुनसक्ने कानूनी व्यवस्था रहेको छ । तर केही नेपालीहरुले अज्ञानतावस निजी प्रयोगका लागि यू.ए.ई. मा विभिन्न प्रकारका निषेधित वस्तुहरु र स्थानीय स्तरमा मात्र उत्पादन र विक्री वितरण हुने गरेका औषधि वा अन्य सामान साथमा ल्याएको कारण लामो समयसम्म छानविनको दायरामा रहनु परेको र थुना वा कैद सजाय समेत भोग्नु परेको व्यहोरा राजदूतावासको जानकारीमा आएको हुँदा तल उल्लिखित कुनै पनि वस्तुहरु नल्याउनु वा नपठाउनु हुन तथा पूर्व जानकारी दिएर मात्र ल्याउन वा लैजान पार्इने वस्तुहरूको हकमा सो वमोजिम गर्नु हुन सम्बन्धित सवैको जानकारीको लागि यो सूचना गरिएको छः

बाँकी पढनुहोस 

AE - Time
NP - Time