FAQsCalendarPhoto GalleryLocation Map
 
Home Press Release राजदूतावासको अनुरोध
राजदूतावासको अनुरोध PDF Print E-mail
Thursday, 24 November 2011 12:30

दुर्घटना र प्राकृतिक कारणले प्रत्येक वर्ष यू.ए.ई. मा मृत्यु हुने नेपालीहरुकोसंख्या बढ्दै गएको अवस्था प्रति नेपाली राजदूतावास, अवुधावी अत्यन्तै चिन्तित छ ।गत वर्ष (सन् २०१०) मात्र मृत्यु हुनेको संख्या ८८ रहेकोमा यस राजदूतावासवाट मृत्युका सम्भावनाहरूवाट वच्न अपनाउनु पर्ने उपायहरूका वारेमा जानकारीहरू गराउँदा गराउँदै यस वर्ष (सन् २०११) पनि दुर्घटना र प्राकृतिक कारणबाट मृत्यु हुनेको संख्यामा खासै कमी हुने संकेत देखिएको छैन । सडक पार गर्दा स्थान र सवारी साधनप्रति ध्यान नदिनु, काम गर्ने ठाउंमा विद्धमान खतराहरूका वारेमा सजग नहुनु र प्राकृतिक मृत्युका सम्बन्धमा यहाँको मौसम सुहाउदो जीवन शैली नअपनाउनु प्रमुख कारणहरू रहेको देखिन्छ । अतः तल दिर्इएका उपायहरूमा ध्यान पु-याउनुहुन सम्बन्धित सवैमा राजदूतावास अनुरोध गर्दछः

  • सडक पार गर्दा अनिवार्य रूपमा हरियो वत्ति वलेपछि जेब्रा क्रसिङ वा तोकिएको स्थानबाट मात्र पार गर्ने ।
  • अन्य साँघुरा सडकहरू पार गर्दा समेत होशियारी अपनाउने ।
  • काम गर्ने स्थानमा रहेका खतराहरूका वारेमा काम गर्नु अगावै विस्तृत रूपमा जानकारी लिने ।
  • जोखिमपूर्ण काम गर्नु पर्दा आफ्नो सुरक्षालाई ध्यानमा राखेर मात्र गर्ने ।
  • मुख्यतः गर्मी मौसममा पानी बढीपिउने ।
  • स्वास्थ्यलाई हानी गर्न सक्ने मदिरा लगायतका पदार्थहरू सेवन नगर्ने (दिनभर अत्यधिक गर्मीमा काम गरेर राती मदिरा सेवन गरी एअर कण्डिशन धेरै चिसो पारी सुतेका कामदारहरूको अचानक मृत्यु हुने गरेकोजानकारी राजदूतावासमा प्राय आउने गरेको हुँदा यसतर्फ बढी सतर्क हुन आबश्यक देखिएकोछ ।
  • राति सुत्ने कोठामा विजुली, तापक्रम, रहावा वा भेन्टिलेसनआदिको अवस्थामा ध्यान राख्ने ।
  • कुनै पनि कुरामा शंका लागेमासुपरभार्इजर वा कम्पनीको सम्बन्धित मानिसलार्इ तुरन्त खवर गर्ने ।

यस प्रकार सम्भाव्य दुर्घटनाबाट वच्न सकिने उपायहरूमा ध्यान दिर्इ सधै सचेत रहनु आवश्यक छ । मृत्यु पश्चात यस राजदूतावासले मृतकको शव नेपाल पठाउनको लागि सम्बन्धित प्रहरी कार्यालय र कम्पनीमा पहल गर्ने गर्दछ । यू.ए.ई. को श्रम कानून अनुसार पार्थिव शरीर मृतकको देशमा पठाउने र यसवापत लाग्ने सम्पूर्ण खर्च समेतको जिम्मेवारी सम्बन्धित रोजगारदाता कम्पनीको हुन्छ । प्रहरी प्रतिवेदन, लाश जांच प्रतिवेदन, मृत्यु प्रमाणपत्र आदि र यस्ता कागजातको अंग्रेजी अनुवाद एवं मृतकले लिन बांकी सवैरकम कलमको जानकारी सहितको कम्पनीको पत्र प्राप्त भएपछि शव नेपाल पठाउन राजदूतावासबाट तुरुन्तै पत्र जारी गरिन्छ । कम्पनीले राजदूतावास आउनु अगावै मृतकको भीसा रद्द गर्ने लगायत अन्य थुप्रै प्रक्रियाहरु पूरा गरिसक्नु पर्ने हुन्छ । यी प्रमाणपत्रहरु प्राप्त नगरी शव पठाउन मिल्दैन र कुनै कागज नलिई कदाचित शव पठाएमापछि कागज लिन नमिल्ने वा कठीन भई क्षतिपूर्ति दावी गर्न समेत वाधा पुग्न जान्छ । राजदूतावासबाट शव शीघ्र नेपाल पठाउन ताकेता गर्दा गर्दै पनि मृत्यु शंकास्पद भएको कारण जांचबुझ गर्न समय लाग्ने गई वा व्यक्तिको मृत्यु पछि लगत्तै स्थानीय चांड पर्व वा अन्य कारण लामो छुटृी पर्न जांदा कागजात तयार गर्न थप समय लाग्ने भई शव पठाउन यदाकदा केही विलम्व पनि हुन जान्छ । मृतकको शव नेपाल पठाउने प्रकृया सम्बन्धी विस्तृत जानकारी यसै वेवसार्इट वाट प्राप्त गर्न सकिने छ ।

यस प्रकारको दुःखद सेवा कसैलाई प्रदान गर्नु नपरोस भन्ने राजदूतावास कामना गर्दछ। कदाचित भवितव्य परिहालेमा नियम अनुसारका प्रकृयाहरु पूरा गरेर मात्र शव पठाउनुपर्ने भएको हुंदा मृतकका आफन्त र इष्ट मित्रहरुलाई धैर्य गरिदिनु हुन समेत राजदूतावास परिवार हार्दिक अनुरोध गर्दछ।

------------------
नेपाली राजदूतावास,
अवुधावी, संयुक्त अरबर्इमिरेट्स

Last Updated on Tuesday, 29 November 2011 09:06
 

वि.स. २०७१ सालमा नेपाली राजदूतावास अबुधावी बन्द रहने दिनहरु

(Embassy remains closed on following days of 2014-015 ) >>

राहदानी आवेदकहरुका लागि जानकारी

नयाँ राहदानी लिन आउँदा अनिवार्य रूपमा पुरानो राहदानी र दस्तूर बुझाएको सक्कलै रसीद लिएर निवेदक आफै शुक्रवार, शनिवार र सार्वजनिक विदाका दिनहरू वाहेक अन्य दिनहरूमा दिउसो ०२ देखि ०४ वजे सम्म यस राजदूतावासमा सम्पर्क राख्नुहोला । विभिन्न कारणले राहदानी वन्न नसकेका दरखास्तवालाहरूले नयां दरखास्त फाराम, तस्वीर (जम्मा दुई प्रति) र यस अघि शुल्क (दिरहाम ३२०/–) बुझाएको रसीदको फोटोकपी लिएर दिउंसो २ देखि ४:३० बजे भित्र यस राजदूतावासमा सम्पर्क राख्नु हुन सम्बन्धित सवैलार्इ सूचना गरिएको छ ।

तपाईंको राहदानी प्राप्त भएको नभएको

 यहाँबाट  खोजि गर्नुहोस >>

Naturally Nepal

राजदूतावासको अनुरोध

दुर्घटना र प्राकृतिक कारणले प्रत्येक वर्ष यू.ए.ई. मा मृत्यु हुने नेपालीहरुको संख्या बढ्दै गएको अवस्था प्रति नेपाली राजदूतावास, अवुधावी अत्यन्तै चिन्तित छ । गत वर्ष (सन् २०१०) मात्र मृत्यु हुनेको संख्या ८८ रहेकोमा यस राजदूतावासवाट मृत्युका सम्भावनाहरूवाट वच्न अपनाउनु पर्ने उपायहरूका वारेमा जानकारीहरू गराउँदा गराउँदै यस वर्ष (सन् २०११) पनि दुर्घटना र प्राकृतिक कारणबाट मृत्यु हुनेको संख्यामा खासै कमी हुने संकेत देखिएको छैन । सडक पार गर्दा स्थान र सवारी साधनप्रति ध्यान नदिनु, काम गर्ने ठाउंमा विद्धमान खतराहरूका वारेमा सजग नहुनु र प्राकृतिक मृत्युका सम्बन्धमा यहाँको मौसम सुहाउदो जीवन शैली नअपनाउनु प्रमुख कारणहरू रहेको देखिन्छ । अतः तल दिर्इएका उपायहरूमा ध्यान पु-याउनुहुन सम्बन्धित सवैमा राजदूतावास अनुरोध गर्दछः

बाँकी पढनुहोस

अत्यन्त जरूरी सूचना

संयुक्त अरब र्इमिरेट्स (यू.ए.ई.) मा भ्रमण वा रोजगारीको लागि आउने सवै विदेशी नागरिकहरुले आफ्नो साथमा तल उल्लेख भए बमोजिमका वस्तुहरू ल्याउन निषेधित छ । कुनै पनि प्रकारको लागू औषधिको कारोवार गर्नेहरुलाई यू.ए.र्इ.मा कडा सजाय हुनसक्ने कानूनी व्यवस्था रहेको छ । तर केही नेपालीहरुले अज्ञानतावस निजी प्रयोगका लागि यू.ए.ई. मा विभिन्न प्रकारका निषेधित वस्तुहरु र स्थानीय स्तरमा मात्र उत्पादन र विक्री वितरण हुने गरेका औषधि वा अन्य सामान साथमा ल्याएको कारण लामो समयसम्म छानविनको दायरामा रहनु परेको र थुना वा कैद सजाय समेत भोग्नु परेको व्यहोरा राजदूतावासको जानकारीमा आएको हुँदा तल उल्लिखित कुनै पनि वस्तुहरु नल्याउनु वा नपठाउनु हुन तथा पूर्व जानकारी दिएर मात्र ल्याउन वा लैजान पार्इने वस्तुहरूको हकमा सो वमोजिम गर्नु हुन सम्बन्धित सवैको जानकारीको लागि यो सूचना गरिएको छः

बाँकी पढनुहोस 

AE - Time
NP - Time